Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

टि-२० विश्वकप २०२४ को सपना साकार पार्न आज नेपाल यूएईसँग भिड्दै

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

विराटनगर, १७ कात्तिक : ३ हजार ५ सय घरेलु दर्शकसामू आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले एउटा महत्वपूर्ण खेल खेल्दैछ । सन् २०२४ मा हुने आइसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगीताका छनौट हुन नेपालले परिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दैछ ।

यो खेल नेपालकै लागि असाधारण महत्वपूर्ण हुनेछ । खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ । तर पराजित भए नेपाल १० वर्षपछि विश्वकप खेल्ने सपनाको पुरा गर्नबाट चुक्नेछ ।

मुलपानी रंगशालामा बिहीबार विहान ११ बजेदेखि खेल हुँदैछ । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग संघर्षपूर्ण खेल खेलेपनि ५ रनले पराजित हुनुपरेको थियो । तर यूएईसँगका पछिल्ला खेलहरुमा भने नेपालले उत्कृष्ट नतिजा निकाल्दै आएका कारण आजको खेल नेपालले जित्ने अनुमान गर्न सकिन्छ ।

युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बनेका कारण नेपाललाई दवाव भने कायमै छ । किनकी अघिल्लो सातामै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलाको फाइनलमा नेपाल उसैसँग स्तब्ध बन्नुपरेको थियो । आजको खेलबाट नतिजा निकाल्नेले मात्रै वेष्ट इन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा सहभागीता सुरक्षित गर्नेछ ।

View : 190

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved