Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सवै कागजात जलेपछि मोरङ प्रशासनको सेवा अनिनिश्चतकालका लागि स्थगित

उद्‌घोष संवाददाता
२९ भदौ २०८२, आइतवार

विराटनगर । जेनजी समुहको आह्वानमा भदौ २४ गते विराटनगरमा भएको उग्र प्रदर्शनका क्रममा आगजनी हुँदा जिल्ला प्रशासन कार्यालय मोरङको सवै कागजात जलेका छन् । जसका कारण कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले आइतबार सूचनामार्फत तोडफोड र आगजनीबाट कार्यालय पूर्ण रुपमा क्षति भएको, कार्यालयको अभिलेख र कागजातहरू जलेर नष्ट भएकोले प्रवाह हुने सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

कार्यालयले सकेसम्म छिटो सेवा प्रदान गर्न प्रयत्न जारी राखिने जनाइएको छ । प्रदर्शनकारीले आगजनी गर्दा जिल्ला प्रशासन कार्यालयको नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट लगायतका अन्य धेरै सेवा प्रवाहसँग सम्बन्धित अभिलेख जलेका छन् ।

View : 257

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved