Biratnagar, Morang, Nepal
१२ जेठ २०८२, सोमवार
+977 21 450305, 515728, 578305
समाज

मानगढ खानेपानी निर्वाचन: ६६ प्रतिशत मत खस्यो, आजै मतगणनाको तयारी

उद्‌घोष सम्वाददाता
१० जेठ २०८२, शनिवार

विराटनगर । विराटनगर–३ स्थित मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

५ हजार ९८८ उपभोक्ता मतदाता रहेकोमा ३ हजार ९६४ मत अर्थात ६६ प्रतिशत मत खसेको जनाइएको छ ।

शनिबार विहान ७ बजेबाट सुरु भएको मतदानको अवधि ५ बजेसम्म तोकिएको थियो । मतदान १५ मिनेट ढिलो सुरु भएको थियो ।

विराटनगर–१ पुष्पलाल चोकस्थित जनता क्याम्पसको हाताभित्र १२ वटा वडागत बुथमा मतदान गरिएको हो । मतदान सकिएका कारण आजै रातिबाट मतगणना सुरु गरिने जनाइएको छ ।

मानगढ खानेपानीमा अध्यक्ष पदका लागि लालमणि भट्टराई, राम बहादुर घिमिरे र दुर्गा चापागाईँ प्यानलै मैदानमा उत्रिएका छन् ।

View : 279

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved