सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–१० खोर्सानेस्थित सुकुना खेल मैदानमा ‘प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
सुन्दर खोर्साने युवा क्लबको आयोजनामा जेठ २ गतेदेखि प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आयोजक टोलीसँगै भारतको यूकेएफसी दार्जिलिङ, इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब तथा सहलेस फुटबल क्लब सिराहको सहभागिता रहने जनाइएको छ । अन्य टोलीहरूको सहभागिताबारे पनि छलफल भइरहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलको सर्वाङ्गीण विकास गर्नु, राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु तथा युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्नु रहेको छ ।
साथै दुव्र्यसनमुक्त समाज निर्माण, पर्यटन प्रवद्र्धन तथा खेलकुद पूर्वाधार विकासमा समेत प्रतियोगिताले टेवा पुग्ने विश्वास गरिएको आयोजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले बताए ।
View : 109
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved