विराटनगर । सोलुखुम्बुको सोताङ गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीलाई कारवाहीको चेतावनी दिएको छ ।
गाउँपालिकाले आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।
पालिकाले निजी विद्यालयमा पढाएको पाइए कारवाही गर्ने उल्लेख गरेको छ । गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलद्वारा हस्ताक्षरित सूचना अनुसार कसैले गाउ“पालिकाको
नीतिको पालना नगरेको पाइएमा जेठ १ गते बस्ने कार्यपालिकाको बैठक बसेर विभिन्न कारवाही गरिने उल्लेख छ ।
जस अन्तरगत जनप्रतिनिधिहरूले सरकारी विद्यालयमा छोराछोरी नपढाएको हकमा नियमअनुसार पद निलम्बन हुने उल्लेख गरिएको छ ।
स्थायी बाहेकका कर्मचारीका हकमा तुरुन्त करार नियुक्ति भङ्ग गरिने र करारका हकमा करार सम्झौता भङ्ग गरिने सूचनामा उल्लेख छ ।
त्यसैगरी, स्थायी शिक्षक र स्थायी कर्मचारीको हकमा तलब रोक्का गरिने, कार्यसम्पादन मूल्याङ्कन र ग्रेड रोक्का गरी विभागीय कारवाहीको लागि प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।
गाउँपालिकाले सरकारी कार्यालयका कर्मचारीका साथै अन्य संघसंस्थामा कार्यरत कर्मचारी र गाउँपालिकामा अन्यत्रबाट सरुवा भएर आउने कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरू समेतको हकमा अनिवार्य लागू हुने जनाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको सूचना अनुसार यो विषय अघिल्लो गाउँसभाबाट समेत पारित भएपनि कतिपय कर्मचारी तथा शिक्षकहरूले यस्तो नियमको पालना नगरेकोले कडाई गर्नुपरेको उल्लेख छ ।
View : 348
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved