Biratnagar, Morang, Nepal
१६ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार थपलियालाई जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार

उद्‌घोष संवाददाता
१५ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार पुष्पराज थपलिया सम्मानित भएका छन् ।

प्रेस चौतारी नेपाल मोरङ शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको १५ हजार ५ सय ५० रुपैयाँ राशिको पुरस्कार यस वर्ष थपलियालाई प्रदान गरिएको हो । थपलिया दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय थपलिया  हुन् । उनले शिक्षा तथा स्थानीय विकासका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् ।

विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री विदुरकुमार लिङ्थेप र पुरस्कारकी संस्थापक कमला मैनालीलगायतले थपलियालाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

मन्त्री लिङ्थेपले लोकतान्त्रिक समाजको सुदृढीकरण र सामाजिक रूपान्तरणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहने बताए । बदलिँदो सूचना प्रवाह र चुनौतीपूर्ण परिस्थितिमा पत्रकारिताले अझ जिम्मेवार, तथ्यपरक र विश्वसनीय भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

View : 48

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved