विराटनगर । सीजी अन्तर्गतका चेष्ट फ्रिजरहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएका छन् ।
कम्पनीले ११० लिटरदेखि १००० लिटरसम्म क्षमताका २८ मोडल उपलब्ध गराउँदै आएको छ भने कम्प्रेसरमा ५ वर्ष (६० महिना) वारेन्टी प्रदान गरिएको जनाएको छ ।
बढ्दो गर्मीका कारण खाद्य सामग्री सुरक्षित राख्न चुनौती बढिरहेका बेला चेष्ट फ्रिजरको माग पनि बढ्दै गएको छ । सीजीका अनुसार ‘सुपरफास्ट फ्रिजिङ’ प्रविधिले दूध, मासु, तरकारीजस्ता सामग्री लामो समयसम्म ताजा राख्न मद्दत पु¥याउँछ ।
ठूलो स्टोरेज क्षमताका कारण एकैपटक धेरै सामान भण्डारण गर्न सकिने हुँदा व्यवसायी र घरधुरी दुवैका लागि उपयोगी हुने कम्पनीको दाबी छ ।
सीजीले आफ्ना फ्रिजरहरूलाई अस्थिर भोल्टेजमा पनि चल्न सक्ने बलियो कम्प्रेसर, उच्च कुलिङ रिटेन्सन तथा विभिन्न क्षमताका विकल्पसहित बजारमा ल्याएको जनाएको छ ।
साथै ग्राहकलाई लक्षित गर्दै शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधासमेत उपलब्ध गराइएको छ, जसले साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई राहत दिने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार देशभर रहेका सीजी डिजिटल शोरूम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत उत्पादनहरू सहज रूपमा उपलब्ध छन् ।
४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा पनि प्रदान गरिदै आएको छ ।
View : 162
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved