विराटनगर । विराटनगरमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूले तिज मनाएका छन् । बिहीबार विराटनगर–९ स्थित एम टु पिएम रेष्टुरेण्टको सभाहलमा भेला भएर उनीहरूले नाचगानसहित तिज मनाएका हुन् ।
कार्यक्रममा विभिन्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नायक किनर समाजकी नायक सल्मा बेगमको नेतृत्वमा झएको कार्यक्रममा सांस्कृतिक कार्यत्रम गरिएको थियो । रातो सारीमा उनीहरू बेहुलीझैं सजिएर नाचगानमा सहभागी भएका थिए ।
लैङ्गिक अल्पसंख्यकलाई समाजबाट अपहेलित छौं भन्ने छाप नपरोस् भनेर कार्यक्रम आयोजना गरिएको नायक किनर समाजकी नायक सल्मा वेगमले जानकारी दिइन् । अहिले वेगमको नेतृत्वमा १० जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू रहेका छन् ।
View : 193
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved