काठमाडौं । लगातार बढेको सेयर बजार सूचक आइतबार करेक्सन भएको छ । परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को विन्दुमा रहँदा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।
११ महिनायता यो उच्च कारोबार हो । आइतबार १२ बजेर ५१ मिनेटमा नेप्से बढ्दै ३०१३.१८ को विन्दुमा पुगेको थियो । त्यसयता क्रमिक घटेको हो ।
विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड र व्यापारबाहेक सबै समूह घटेका छन् ।
व्यापार १.४४, विकास बैंकमा १.२३ र उतपादन तथा प्रशोधन १.०८ प्रतिशतले बढेका छन् । घटेका समूहमध्ये फाइनान्स १.९९, होटल तथा पर्यटन, लगानी १.६६ र जलविद्युतमा १.०९ प्रतिशत गिरावट छ ।
६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ को घटेको छ । घटेकामध्ये नारायणी विकास बैंककको सेयरमूल्य ६.३४ प्रतिशतले ओह्रालो लागेको छ ।
बढेकामध्ये दुई कम्पनी समता घरेलु लघुवित्त र ट्रेड टावरको सेयरमा पोजेटिभ सर्किट नै लागेको छ ।
सान्भी इनर्जी ९.९८ र लुम्बिनी विकास बैंक ८.४७ प्रतिशतले बढेका छन् । बजारमा शिवम् सिमेन्टको उच्च कारोबार भएको छ ।
उक्त कम्पनीको सेयर १ अर्ब २ करोड रुपैयाँको किनबेच भएको हो । यस्तै ज्ञादी ग्रुपको ८८ करोड ९० लाख, नेपाल पुनर्बीमाको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख र ग्रीन भेञ्चर्सको ७६ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि गत बिहीबार १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
View : 434
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved