विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजले विद्यार्थीहरूलाई चार्टर्ड एकाउन्टेन्टस् (सीए) सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ ।
कलेजले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) सँगको सहकार्यमा बिहीबार विद्यार्थीहरूलाई अभिमुखीकरण गरेको हो ।
सीए शिक्षाको परामर्शात्मक कार्यक्रममा कान्तिपुर कलेजका शिक्षक तथा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा आइक्यानका सीए युवराज उप्रेती, शाखा अधिकृत जेबी भुटिया र बन्दना थापाले सहजिकरण गरेका छन् ।
उनीहरूले सीए भर्ना प्रक्रिया, नेपालमा सिएतर्फको दक्ष जनशक्तिको अवस्था र उनीहरूको भविष्यलगायत विषयमा विद्यार्थीहरूलाई प्रष्ट पारेका थिए ।
कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले स्थापना कालदेखि वर्तमान समयसम्म कान्तिपुरबाट सीए उत्तीर्ण गरेका विद्यार्थीहरूको इतिहासका साथै सीए अध्ययन गरिरहेका विद्यार्थीहरूका बारेमा जानकारी गराए ।
विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमा अध्यापन हुने कान्तिपुरले दक्ष जनशक्ति उत्पादन, सीपमुलक सिकाइमा जोड दिंदै आएको छ । साथै, प्रयोगात्मक शिक्षामा अग्रसरता देखाएका कारणले कलेजले प्रत्येक वर्षको नतिजामा उत्कृष्टता हासिल गर्दै आएको जनाइएको छ ।
View : 198
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved