विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा रहेको हिमचुली कृषि उद्यम केन्द्रमा पालिएका १८ वटा माउबाख्रा मरेका छन् ।
कृषि फर्ममा पालिएका माउबाख्रा एकै पटक मरेपछि बाख्रापालनमा लागेका किसान प्रेमबहादुर खड्का चिन्तित भएका छन् ।
वडाध्यक्ष किरण पाण्डेले एकै पटक बाख्रा मरेका कारण किसानको ठूलो क्षति भएको बताए । बाख्रा मरेपछि खड्काको गोठ नै रित्तिएको उनले बताए ।
मंगलबार ९ वटा बाख्रा मरेको र बुधबार बिहानसम्म सवै बाख्रा मरेको फर्म सञ्चालक खड्काले जानकारी दिए । पशु प्राविधिकले उपचारको प्रयास गरे पनि गोठ नै रित्तिने गरी बाख्रा मरेको उनले बताए ।
उनले सोमबारदेखि नै बाख्राहरु बिरामी परेको र मंगलबारदेखि बुधबार बिहानसम्म १२ घण्टामा सबै बाख्रा मरेको बताए । बाख्रा मर्नुका कारण खुल्न नसकेको पनि उनले जानकारी दिए ।
View : 116
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved