Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मेची राजमार्गको जीर्ण अवस्थाले पूर्वी पहाडको अर्थतन्त्र प्रभावित : एफएनसीसीआई कोशी

उद्‌घोष संवाददाता
६ साउन २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले मेची राजमार्ग अन्तर्गत इलाम खण्डको अत्यधिक जीर्ण अवस्थाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सडक निर्माण तथा स्तरोन्नतिको कामलाई उच्च प्राथमिकतामा राख्न माग गरेको छ ।

इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने उक्त सडक सञ्जाल कोशी प्रदेशको व्यापार, पर्यटन, कृषि तथा समग्र आर्थिक गतिविधिको मुख्य जीवनरेखा रहेको उल्लेख गर्दै मंगलबार महासंघ प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले प्रेस विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उक्त सडकको दुरावस्थाका कारण उद्योग–व्यवसाय प्रत्यक्ष प्रभावित भएको अध्यक्ष राउतले बताए । 

चिया, अलैंची, अदुवा, दूध, फलफूल तथा तरकारीजस्ता कृषि उपज समयमै बजारसम्म पु¥याउन नसक्दा किसान र व्यवसायीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनले बताए । 

सडकको समस्याले पहाडी जिल्लामा ढुवानी लागत अस्वाभाविक रूपमा बढेको र उपभोक्तालाई महंगीको मार परेको बताए । 

उक्त क्षेत्र पर्यटकको आगमन हुने कोशी प्रदेशकै प्रमुख क्षेत्र समेत भएको तर सडककै कारण अहिले पर्यटकको आवागमनमा पनि कमी आएको अध्यक्ष राउतले बताए । 

सरकारले लामो समयदेखि मेची राजमार्ग सुधार गर्ने प्रतिबद्धता दोहोर्याउँदै आए पनि अपेक्षित प्रगति हुन नसक्दा निजी क्षेत्र, कृषक तथा आम नागरिकमा गहिरो निराशा छाएको महासंघले जनाएको छ । यस्तो अवस्था अब कुनै पनि हालतमा स्वीकार्य नरहेको अध्यक्ष राउतले बताए ।

महासंघले नेपाल सरकारसँग मेची राजमार्गसहित इलाम–पाँचथर–ताप्लेजुङ सडक सञ्जालको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखी आवश्यक बजेट, स्रोत–साधन र जनशक्ति परिचालन गरी युद्धस्तरमा काम अघि बढाउन जोडदार माग गरेको छ ।

पूर्वी पहाडको आर्थिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको यस सडकको स्तरोन्नतिमा अब केवल आश्वासन नभई धरातलमै परिणाम देखिने गरी काम हुनुपर्ने महासंघको अपेक्षा रहेको विज्ञप्तिमा उल्लेख छ ।

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved