Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सार्वजनिक स्थानमा फोहोर फाल्ने पक्राउ

उद्घोष सम्वाददाता
७ कार्तिक २०८१, बुधवार

विराटनगर । व्यक्तिको निजी जग्गा र फुटपाथमा फोहोर फ्याँलिरहेको अवस्थामा विराटनगर महानगरपालिकाको टोलीले ठेलासहित एकजना व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

विराटनगर–११ नयाँ गुद्री दक्षिणस्थित सडक छेउको खाली जमिन र फुटपाथमा ठेलामा ल्याएको फोहोर फ्यालिरहेको अवस्थामा महानगरको सरसफाइ शाखा र नगर प्रहरीको टोलीले विराटनगर–६ का मनोज सहनीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । 

सहनी नयाँ गुद्रीमा फलफूल व्यवसाय सञ्चालन गर्दै आएका छन् । ठेला चालकलाई भने सम्झाएर छाडिदिएको सरसफाई शाखाका प्रमुख पुनम दाहालले जानकारी दिए । 

वडा सदस्य बलराम कारञ्जितले दिएको सूचनाका आधारमा महानगरको टोलीले फोहोर फ्याल्ने व्यक्तिलाई रंगेहात नियन्त्रणमा लिएको नगर प्रहरीका निरीक्षक राजन पौडेलले बताए ।

गुद्रीका व्यवसायीहरुले नयाँ गुद्री दक्षिणस्थित खाली जमिन र फुटपाथमा फोहोर फ्याल्ने गरेको भन्दै स्थानीयले समेत महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए वडा सदस्य कारञ्जितले फोहोर फ्यालिरहेको देखेपछि तत्कालै महानगरको टोलीलाई खबर गरेका थिए ।

View : 121

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved