Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

१०१ वर्षीया नन्दमाया ढकालको निधन

प्रधानाध्यापक ओमप्रकाश ढकाललाई मातृशोक

उद्‌घोष संवाददाता
२२ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर,। विराटनगर–१२ दरहियास्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश ढकाललाई मातृशोक परेको छ।

उनकी ममतामयी माता नन्दमाया ढकालको १०१ वर्षको उमेरमा बिहीबार अपराह्न विराटनगर–१२ पञ्चमुखीचोकस्थित आफ्नै निवासमा निधन भएको हो।

 मंगलबार अचानक मस्तिष्क पक्षघात (ब्रेन स्ट्रोक) भएपछि उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई घर ल्याइएको  पारिवारिक स्रोतले जनाएको छ।

शताब्दी पार गरेकी ढकालको अन्तिम संस्कार सुनसरीको पवित्र तीर्थस्थल चतराघाटस्थित कोशी नदी किनारमा आजै  गरिने प्रधानाध्यापक ढकालले जानकारी दिए।

स्वर्गीय ढकालका दुई छोरा र चार छोरीहरू छन्। जेठो छोरा पवित्रराज ढकाल र कान्छो छोरा (प्रधानाध्यापक) ओमप्रकाश ढकाल छन् भने छोरीहरूमा अम्बिका अधिकारी, पवित्रा काफ्ले, रिता अधिकारी र मेनुका बराल छन् ।

 

View : 842

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved