Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

उद्‌घोष सम्वाददाता
४ वैशाख २०८१, मङ्गलवार

धनकुटा । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले धनकुटा नगरपालिका–१० उत्तरपानीस्थित आधारभुत बिद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री सहयोग प्रदान गरेको छ ।

बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयमा इन्स्योरेन्सले सोमबार सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग प्रदान गरेको हो ।

नुहाउन तातो पानी आउने सोलार हिटर सिस्टम, ईलेक्ट्रिक फिल्टर, खानेपानीको टंकी २ थान र ग्यास सिलिण्डर २ थान प्रदान गरिएको हो ।

त्यस्तै भट्टीचुल्हो, स्टील दराज, किचेन र्याक, खाना पकाउने भाडा, बत्ती बाल्न सोलार सिस्टम र विद्यार्थीलाई पोशाक लगायतका सामग्री प्रदान गरिएको रिलायवल नेपाल लाइफ इन्स्योरेन्सका धनकुटा शाखा प्रमुख भेषराज कटेलले जानकारी दिए । धनकुटा शाखाको तर्फबाट विद्यालयमा कार्यक्रम आयोजना गरेर सामग्री हस्तान्तरण गरिएको उनले बताए ।

यसअघि सो विद्यालयको अवस्था बुझ््न कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठ आएका थिए । त्यसपश्चात कम्पनीको तर्फबाट दुई लाख र कम्पनीका सञ्चालक डा. भिष्म कार्कीको तर्फबाट पचास हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको जनाइएको छ ।

सहयोगका कारण विद्यालयमा निकै राहत मिलेको प्रधानाध्यापक विनोद सुवेदीले बताए । सो विद्यालयको बौद्धिक अपाङ्गता श्रोत कक्षामा ३७ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत छन् ।

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved