Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा ५ उम्मेदवारलाई उमेर जति भोट !

उद्‌घोष संवाददाता
२८ फागुन २०८२, बिहिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका ५ जना उम्मेदवारले आफनो उमेर जति नै मत पाएका छन् । 

निर्वाचन आयोगको विववरणअनुसार झापा क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार ५६ वर्षीय पुण्यप्रसाद आचार्यले आफनो उमेर अनुसार ५६ मत नै ल्याएका छन् । 

यस्तै झापा ३ बाट नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवार ३८ वर्षीय जयेन मगरले ३८ मत नै पाएका छन् । 

झापा ४ बाट जसपा नेपालका उम्मेदवार ५४ वर्षीय पल्टन ताजपुरियाले पनि आफनो उमेर बराबर ५४ मत पाएका छन् ।

मोरङ ४ बाट जसपाकै उम्मेदवार ६० वर्षीय तरवेज अख्तर आलमले पनि ६० मत पाएका छन् । 

सुनसरी क्षेत्र नं २ मा नेकपा संयुक्तका उम्मेदवार अतित नेपालले ३१ मत पाएका छन् ।

कोशीमा बालेनसहित आधा जति ४० वर्ष मुनिका

कोशी प्रदेशबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जित्ने २८ जनामध्ये करिब आधा जसो उम्मेदवार ४० वर्ष मुनिका रहेको पाइएको छ । 

रास्वपाबाट प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह बालेनसहित १२ जना उम्मेदवारको उमेर ४० वर्ष मुनि रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । 

कोशीबाट जित्ने मध्ये सबैभन्दा कम उमेर भएका झापा १ बाट रास्वपाकी निशा डांगी(२९) र खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई (२९) वर्षका छन् । 

सबैभन्दा बढी उमेर भएका सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की (६२) र संखुवासभाबाट एमालेका डा अर्जुन कार्की (६२) वर्षका छन् । कोशी प्रदेशमा रास्वपाबाट १७, नेपाली कांग्रेस र एमालेबाट ४–४ जना र श्रम संस्कृति पार्टीबाट ३ जनाले जितेका छन् ।

कस्को उमेर कति ?

झापा १– निशा डांगी (२९) 
झापा २– इन्दिरा रानामगर (५५) 
झापा ३– प्रकाश पाठक (३७)
झापा ४– शम्भु ढकाल (५०)
झापा ५– बालेन्द्र शाह (३६)
मोरङ १– यज्ञमणि न्यौपाने (४१)
मोरङ २– कृष्णकुमार कार्की (४०)
मोरङ ३– गणेश कार्की (४०)
मोरङ ४– सन्तोष राजवंशी (३८)
मोरङ ५– आशा झा (४२)
मोरङ ६– रुबिना आचार्य (३१)
सुनसरी १– हर्कराज राई (४३)
सुनसरी २– लालबिक्रम थापा (३९)
सुनसरी ३– अशोककुमार चौधरी (४२)
सुनसरी ४– दीपककुमार साह (४९)
उदयपुर १– पारशमणी गेलाल (४०)
उदयपुर २– सूर्यबहादुर तामाङ (४१)
इलाम १– निश्कल राई (३५)
इलाम २– सुहाङ नेम्वाङ (३६)
खोटाङ– आरेन राई (२९)
ताप्लेजुङ– क्षितिज थेवे (३८)
भोजपुर– ध्रुवराज राई (४३)
तेह्रथुम– सन्तोष सुब्बा (४८)
पाँचथर– नरेन्द्र केरुङ (५३)
ओखलढुंगा– विश्वराज पोखरेल (५९)
संखुवासभा– डा अर्जुन कार्की (६२)
सोलुखुम्बु– प्रकाशसिंह कार्की (६२)

View : 193

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved