Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बिर्तामोड उद्योग वाणिज्य संघद्वारा सुवेदी सम्मानित

उद्‌घोष संवाददाता
१६ साउन २०८२, शुक्रवार

झापा । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशप्रसाद सुवेदीलाई सो संघले सम्मान गरेको छ । 

संघको कार्यालयमा बिहीबार आयोजित कार्यक्रमका बीच सुवेदीलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको हो । उनलाई संघका अध्यक्ष राजु न्यौपाने, वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ लगायतले संयुक्त रुपमा कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’ का लागि संघका पूर्वउपाध्यक्ष सुवेदीले सबैभन्दा धेरै रकम प्रदान गरेका थिए । उनले आफ्नो जन्म दिनको अवसरमा एक लाख १५ हजार रुपैयाँ कोषका लागि सहयोग पुर्‍याएका थिए ।

संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पुर्‍याउने उनलाई सम्मान गरिएको संघका महासचिव कुशल खतिवडाले जानकारी दिए ।

बिर्तामोड–४ निवासी सुवेदी बिर्तामोडका पुराना व्यवसायीका रुपमा परिचित छन् । उनी विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थामा समेत आवद्ध छन् ।

यसैबीच अंकिता भेराइटिजका सञ्चालक प्रमोद वंशलले ‘व्यवसायिक सदस्य राहत कोष’ का लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् । 

एक करोड रुपैयाँ बरावरको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक सदस्य राहत कोष’ का लागि वंशलले आफ्नो जन्म दिनको अवसर पारेर सहयोग रकम प्रदान गरेका हुन् । 

बिर्तामोड उद्योग वाणिज्यका अध्यक्ष राजु न्यौपानेलाई वंशलले नगद हस्तान्तरण गरेका थिए ।

View : 450

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved