विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् ।
आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश सरकारले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णयपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निरौलालाई उपाध्यक्षमा नियुक्ति गरिएको पत्र प्रदान गरेका छन् ।
प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीका प्रेस सल्लाहकार बिक्रम लुईंटेलले जानकारी दिए ।
निरौला बैंकिङ क्षेत्र तथा स्थानीय तहको विषय विज्ञका रुपमा चिनिन्छन् ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved