विराटनगर । नेपालको अग्रणी मोबाइल कम्पनी सामसङले यस बर्षको दशैंलाई अझ रमाइलो बनाउन नयाँ उपभोक्ता अफर दिनदिनै दशैं ल्याएको छ । यो अफर १ सेप्टेम्बरदेखि २८ सेप्टेम्बर २०२५ सम्म मान्य हुनेछ ।
यस अवधिमा नयाँ सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउने छन् । जसले चाडपर्वको उत्सवलाई अझ विशेष बनाउनेछ ।
यो योजनामा सहभागी हुन ग्राहकले आफनो नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेटको सेरियल नम्बर टाइप गरी ३५००१ मा एसएमएस पठाउनु पर्नेछ ।
प्रत्येक दिन, एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर एक लाख पाउने छन् भने अन्य १० जना विजेताले .१० हजारको शपिङ भौचर प्राप्त गर्ने छन् ।
यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार जित्ने अवसर पाउने छन् ।
ती शपिङ भौचरहरूलाई दैनिक उपभोग्य सामानदेखि चाडपर्व तयारीसम्म जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले अफर उपयोगी र उत्साहजनक बनेको छ ।
सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार दिनदिनै दशैंमार्फत सामसङले हरेक चाडपर्वमा आफना ग्राहकलाई अमूल्य अनुभव दिने प्रतिबद्धतालाइ निरन्तरता दिएको छ ।
यो अफरले दशैंको महत्वलाई आत्मासाथ गर्नुका साथै, सामसङको प्रयोगकर्ताको जीवनलाई अझ समृद्ध बनाउन योगदान पु¥याउने उनको विश्वास छ ।
ग्राहकले ८३०६३ डायल गरेर सजिलै सेरियल नम्बर पत्ता लगाउन सक्छन् । एसएमएस पठाएपछि तुरून्तै दर्ता भएको सन्देश प्राप्त हुनेछ ।
View : 308
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved