विराटनगर । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव शेरधन राईले वर्तमान सरकार निर्वाचन गराउने भन्दा राजनीतिक दलहरूबीच द्वन्द्व बढाउन सक्रिय रहेको आरोप लगाएका छन् ।
११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएपछि सोमबार विराटनगर आइपुगेका राईले चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरे । चुनाव हुने अवस्था आए आफूहरू त्यसका लागि तयार पनि रहेको उनले स्पष्ट पारे ।
चुनाव नहुने अवस्था बन्दै गएका कारण संविधानलाई लिकमा ल्याउन संसद पुनर्स्थापना गरी सर्वपक्षीय सरकार, संविधान संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्ने उनको तर्क गरे ।
११औं राष्ट्रिय महाधिवेशनमा एमालेभित्र दुई प्यानलबीच नेतृत्वका लागि प्रतिष्पर्धा भए पनि निर्वाचनपछि पार्टी एक ढिक्का रहेको उनले दाबी गरे । निर्वाचनको प्रक्रियाबाट पराजितहरूको सम्मान र जित्नेहरूलाई सहयोग गर्ने गरी पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने उनले स्पष्ट पारे ।
सचिव राईले प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने कुरा दोहोर्याए । उनले पटक–पटक यस्तो संकेत गर्दै आए पनि कोशी प्रदेश सरकारका सत्ता साझेदार दल एमाले र कांग्रेसले सरकार भने पुनगर्ठन गर्न सकेका छैनन् । राईले कांग्रेससँग भएको सहमति अनुसार नै क्याबिनेट पुनर्गठन हुने बताए ।
View : 238
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved