विराटनगर । ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा सुनसरी र मोरङका विभिन्न कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल धितोपत्र बोर्डको आयोजना तथा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटीज ट्रेडिङ प्रालि विराटनगरको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
‘ग्लोबल मनी वीक’ विश्वव्यापी रूपमा बालबालिका तथा युवाहरूलाई वित्तीय रूपमा सचेत र सक्षम बनाउन संचालन गरिएको अभियान हो । बोर्डले पनि हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक अनुजकुमार रिमालले विद्यार्थीहरूलाई वित्तीय साक्षरता, बचत, लगानी र आर्थिक अनुशासनसम्बन्धी जानकारी गराएका थिए ।
विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, अनावश्यक खर्च नियन्त्रण, बैंकिङ प्रणालीको उपयोग र लगानीका आधारभूत सिद्धान्तबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा ग्लोबल मनि वीक २०२६ र स्मार्ट मनी टक्सको सन्देश, उद्देश्य र विश्वव्यापी अभियानबारे पनि जानकारी गराइएको थियो ।
सानै उमेरदेखि वित्तीय ज्ञान हासिल गर्नु दीर्घकालीन आर्थिक स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण हुने धितोपत्र बोर्डका सहायक बसन्त तामाङले बताए ।
ग्लोवल मनी वीकको अवसरमा सिटी कलेजमा ७१ जना, इटहरीस्थित सुस्मा गोदावरी कलेजमा १७१ जना विद्यार्थीको सहभागिता रहेको नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज ट्रेडिङ प्रालि विराटनगरका प्रमुख विवेक पौडेलले जानकारी दिए ।
View : 127
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved