विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुन: अमित ढकाल चयन भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिबार सम्पन्न भएको सातौं जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा चयन भएका हुन् । उनी विराटनगरस्थित अर्किड कलेजका सञ्चालक हुन् ।
पुन: अध्यक्षमा जिम्मेवारी पाएका ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा पनि पुन: टीएन तिम्सिना मोहनकुमार श्रेष्ठ र गोविन्द निरौला भएका छन् । सचिवमा भेषराज नेपाल (भुवन), सह–सचिवमा भूपेन्द्र दाहाल र कोषाध्यक्षमा प्रदिप भगत चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा त्रिलोचन गौतम, रोहित थपलिया, बसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझी निर्वाचित भएका छन् । यस्तै सल्लाहकारमा भरत दाहाल, डा मनोज गुप्ता, ईश्वर रिजाल, दिनेश दाहाल र सकलदेव साहलाई चयन गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।
View : 147
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved