विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।
आदर्श माविको समन्वय र व्यवस्थापनमा आयोजित प्रतियोगितामा १७ वटा विद्यालयलाई पछि पार्दै रञ्जनाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् । ‘लोकतन्त्रको सबलीकरणमा नागरिकको कर्तव्य’ विषयमा आयोजित प्रतियोगितामा पोखरिया माविकी सिम्रन सफल मैनाली द्वितीय भइन् ।
प्रतियोगितामा सेन्टजोसेफ स्कुलका रिजन मिश्र तृतीय हुँदा ग्रिनल्याण्ड माविका छात्रा मयंक मिश्रले सान्त्वना पुरस्कार प्राप्त गरे ।
पत्रकार मीनकुमार नवोदित र नेपाल सरकारका पूर्वउपसचिव राजेन्द्र बुढाथोकी सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो ।
प्रतियोगिताका विजेतालाई महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, शिक्षा अधिकृत कृष्ण भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित र राजेन्द्र बुढाथोकीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा प्रथम हुनेले यही भदौ २५ गते जिल्ला प्रशासन कार्यालय मोरङको हलमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
त्यस्तै जिल्लास्तरको प्रतियोगितामा प्रथम हुने विद्यार्थीले संविधान दिवसका अवसरमा असोज २ गते विराटनगरमा आयोजना गर्ने प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
View : 246
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved