दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता
विराटनगर । विराटनगरमा जारी विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा आदर्श बालिका मावि र सरस्वती मावि भिड्ने भएका छन् ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट बाउन्ड्रिजको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको प्रतियोगितामा दुवै टोली लगातार चारवटा खेलमा विजयी हुँदै फाइनलमा प्रवेश गरेका हुन् ।
विराटनगर– ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको सरस्वती, बालिका, सत्यनारायण मावि विजयी भएका छन् । पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वतीले ६४ रनले पराजित गरेको थियो ।
टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १२१ रनको योगफल बनाएको थियो । कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान गर्दै प्लेयर अफ द म्याच घोषित भइन् ।
१२२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ५७ रनमा सीमित भयो । महेन्द्रका लागि शिवानी खातुनले सर्वाधिक ६ रन जोडिन् । महेन्द्रलाई धराशायी बनाउन सरस्वतीकी चाँदनी यादव र अञ्जली मण्डलले २– २ विकेट लिए ।
दोस्रो खेलमा आदर्श बालिका माविले आदर्श माविलाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ११० रन बनाएको छ । बुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन जोडिन् ।
आदर्शकी अर्पणा राजवंशीले २ विकेट लिइन् । १११ रनको विजयी लक्ष्य पाएको आदर्श माविले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ७५ रनमा सीमित भयो । आदर्श माविकी करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । आदर्श बालिकाकी बविता गुप्ताले २ विकेट लिइन् ।
तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स माविलाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेटको क्षतिमा १०८ रन बनाएको हो । सत्यनारायणकी चाँदनी यादवले सर्वाधिक १६ रनको योगदान गरिन् ।
मिल्सकी सुमन चौधरीले २ विकेट लिइन् । १०९ रनको विजयी लक्ष्य पाएको मिल्स मावि १५ ओभरमा ६९ रन जोड्दै अल आउट भयो । मिल्सका लागि सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । प्लेयर अफ द म्याच घोषित सत्यनारायणकी सन्जना पासवानले ३ विकेट लिएकी थिइन् ।
चौथो खेलमा महेन्द्र स्कुललाई बालिका माविले ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै ८९ रन बनाएको हो ।
मिनिमा राजवंशी नटआउट १४ रनको योगदान दिइन् । बालिकाकी रचना उरावले २ विकेट लिइन् । ९० रनको विजयी लक्ष्य पाएको आदर्श बालिका माविले १५ दशमलव ४ बलमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो ।
प्लेयर अफ द म्याच घोषित आदर्श माविकी सकुन्तला सहनीले २३ रनको योगदान दिइन् । महेन्द्रकी धनवति रायले २ विकेट लिएकी थिइन् ।
पाँचौ खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउँदै ७९ रन बनाएको थियो
प्रीति चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । सरस्वतीकी कृतिका धामीले ३ विकेट लिइन् ।
८० रनको विजयी लक्ष्य पाएको सरस्वतीले १० दशमलव ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । सरस्वतीकी प्रेरणा पासवानले २८ रन बनाउँदा प्लेयर अफ द म्याच घोषित चाँदनी यादवले नटआउट २७ रन खेलिन् । सत्यनारायणकी प्रीति चौधरीले १ विकेट लिएकी थिइन् ।
छैटौँ खेलमा मिल्स माविले आदर्श माविलाई ६ रनले पराजित गरेको थियो । टस जितेर ब्याटिङ रोजेको मिल्सले निर्धारित १६ ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।
प्लेयर अफ द म्याच रञ्जना महतोले सर्वाधिक १७ रनको योगदान दिइन् । आदर्शकी अर्पणा राजवंशी, निशा मण्डल र करुणा राजवंशीले १– १ विकेट लिइन् । १०० रनको लक्ष्य पछ्याएको आदर्शले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९३ रनमा सीमित भएको थियो । आदर्शकी अर्पणा राजवंशीले सर्वाधिक १५ रन जोडिन् ।
मिल्सकी प्रीति मण्डल र गौरी मलाहाले १– १ विकेट लिइन् ।
View : 361
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved