Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन गर्न माग

उद्‌घोष संवाददाता
१४ जेठ २०८२, बुधवार

Advertisement

विराटनगर । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङले हाल चर्चामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीहरुले भिजिट भिसामा विदेश जानेहरुबाट अवैध पैसा असुल गरेको घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ ।

संस्थाका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा बुधबार बसेको बैठकले सो माग गर्ने निर्णय गरेको हो । 
सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरुमा घुसखोरी र भ्रष्टाचार बढेकोमा संस्थाले चिन्ता व्यक्त गरेको छ । सो संस्थाले सरकारी र सार्वजनिक निकायहरुमा निगरानी बढाउने र जनचेतनाका कार्यक्रमहरु गर्ने पनि निर्णय गरेको छ । 

View : 586

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved