Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

मेरिल्याण्डमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता

उद्‌घोष संवाददाता
४ जेठ २०८३, सोमवार

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ मा भर्नाका लागि विद्यार्थीहरूले उत्साहजनक सहभागितासहित प्रवेश परीक्षा दिएका छन् ।

सोमबार प्रवेश परीक्षा दिन कलेज प्राङ्गणमा विद्यार्थीहरुको  ठूलो घुइँचो लागेको थियो । 

२०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको छ । 

कलेजले यस वर्षका लागि विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरेको प्रशासनले जनाएको छ । 

सीमित सिटका लागि भएको सो प्रवेश परीक्षामा २१ सयभन्दा बढी विद्यार्थी सहभागी भएको कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिए । 

उनले भने, ‘प्रवेश परीक्षामा विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ, विद्यार्थीहरूको यो आकर्षण र उत्साह देखेर हामी थप उत्साहित भएका छौं ।’

मेरिल्याण्ड कलेजमा भर्ना हुनका लागि कोशी प्रदेशका साथै मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट समेत विद्यार्थीहरू परीक्षा दिन आएका थिए । 

गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणका कारण यो कलेज यस क्षेत्रकै विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ ।

View : 103

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved