Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाल सुन्दरी २०२६ को मुख्य प्रायोजकमा कजारिया

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

विराटनगर । सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारियाले सौन्दर्य, बौद्धिकता, आत्मविश्वास र महत्वाकांक्षालाई उजागर गर्ने नेपालको सबैभन्दा प्रतिष्ठित एवम् प्रभावशाली मञ्च मध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आफ्नो आबद्धता घोषणा गरेको छ ।

ललितपुरको पुल्चोकस्थित दप्लाजामा आयोजना गरिएको विशेष कार्यक्रममा कजारियाले  मुख्य प्रायोजक हुने आफ्नो निर्णय सार्वजनिक गरेको हो । यो साझेदारी केवल एक प्रायोजन मात्र नभई नेपालीहरूको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता पनि हो । 

यस मञ्चले सपनाहरूलाई प्रेरित गर्ने, सफलताको उत्सव मनाउने र आत्मविश्वासले भरिएको नयाँ पुस्तालाई सशक्त बनाउने लक्ष्य राखेको सो कम्पनीले जनाएको छ ।

नेपाल सुन्दरी प्रतियोगितासँगको यस आबद्धतामार्फत कजारियाले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाई मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ । 

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको छ । 

३ हजार भन्दा बढी डिजाइन विकल्पसहित कजारियाले टिकाउपन, सौन्दर्य र कार्यसम्पादनको उत्कृष्ट संयोजनमार्फत आन्तरिक स्थानहरूलाई रूपान्तरण गर्दै आएको छ । 

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved