Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीबाट को–को निर्वाचित ?

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट मोरङका ५ जना केन्द्रमा निर्वाचित

उद्‌घोष संवाददाता
४ पुष २०८२, शुक्रवार

Advertisement

विराटनगर । एमालेको ११ औं राष्ट्रिय महाधिवेशनमा  मोरङबाट ५ जना  केन्द्रीय सदस्यमा जितेका छन् ।  नेताहरु जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, शिल्पा निराला कार्की र दिलीप बगडिया केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका यसअघिका केन्द्रीय सदस्यद्वय युवराज बाँस्कोटा र रामलाल साहले यसपटक पराजय सहनुपरेको छ । मोरङबाटै उम्मेदवारी दिएका लिलाबल्लभ अधिकारी र खेमराज नेपाली पनि केन्द्रीय सदस्यमा पराजित भएका छन् । 

आयोगको सदस्य पदमा उम्मेदवारी दिएका महेश भट्टराई र पीतकुमार श्रेष्ठ पनि पराजित भएका छन् । सचिवमा उम्मेदवारी दिएका विनोद ढकाल पनि पराजित भए  ।

कोशीबाट को–को ? 
कोशी प्रदेशबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमध्ये भगवती चौधरीले सर्वाधिक मत प्राप्त गरेकी छन् । सुनसरीकी चौधरीले केन्द्रीय सदस्य खुला महिला तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।  उनले २०४४ मत प्राप्त गरेकी हुन् । यो मत प्राप्त गरी उनी महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने केन्द्रीय सदस्य बनेकी छन् । 

कोशीबाट विभिन्न क्लष्टरबाट जगदीशप्रसाद कुसियैत , इन्द्रप्रसाद भण्डारी, मानवीर राई, राम राना, रोमनाथ ओली, क्षितिज थेवे,  मञ्जु भण्डारी सुवेदी, मीना पोखरेल उप्रेती, मेनुका काफ्ले, मनोज ताम्ली, अइन्द्रसुन्दर नेम्वाङ, तीलकुमार मेयाङ्बो, राजेन्द्र राई, हेमराज राई, आशारत्न जवेगू, उषाकला राई, मनकुमारी तितुङ, नीता घतानी, गोविन्द थापा, होमबहादुुर थापा, चिन्तन पाठक, जितु गौतम केन्द्रीय सदस्य बनेका छन् । 

यसैगरी तुलसीप्रसाद न्यौपाने, दीपक कार्की, देवेन्द्र दाहाल, विशाल भट्टराई, सुहाङ नेम्वाङ, जलवर्षा राजवंशी, गीता अधिकारी, विमला विक, सकुन्तला लेप्चा र सुनिता बराल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  

View : 390

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved