सुनसरी । असार १५ अर्थात् धान दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिरहँदा इटहरी उपमहानगरपालिकामा भने स्थानीयले सडकमै रोपाइँ गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित रेडक्रस चोकको सडकमा लामो समयदेखि ठुलो खाडल बनेपछि स्थानीयले विरोध स्वरुप धान रोपेका हुन् । सडकका खाडल बर्षाको पानीले ठुलो आहाल बनेपछि स्थानीयले विरोध गर्दै बाजागाजा तथा नाचगानसहित धान रोपेका हुन् ।
ठुलो संख्यामा भेला भएका स्थानीयले पटक–पटक आग्रह गर्दा पनि सडकका खाल्डा पुर्न कुनै पहल नभएको भन्दै विरोधमा धान रोपेको बताएका छन् । उक्त सडक इटहरीको जुट विकास हुँदै पर्यटकीयस्थल तालतलैया जाने मुख्य बाटो हो । सडकको वडा नम्बर ४ मा रहेको भेटघाट चोकदेखि उत्तरतर्फ एक किलोमिटर सडक हिलाम्य छ ।
सडकको दुवैतर्फ नाला निर्माण गर्दा होचो भएको भागमा जमेको पानी निकास नहुँदा आहाल बन्ने गरेको छ ।
View : 209
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved