Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

उत्तरी विराटनगरमा निकालियो राधाकृष्ण रथयात्रा (फोटो)

उद्‌घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित राधाकृष्ण मन्दिरबाट मङ्गलबार बिहान राधाकृष्ण रथयात्रा निकालिएको छ । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्णको रथलाई मन्दिरबाट मदननगर, पुष्पलाल चोक, फुटबल चोक हुँदै कोशी राजमार्गमा निकालेर विराटनगर प्रवेशद्वार ढाटबाट पुनः राधाकृष्ण मन्दिरसम्म पुर्‍याइने आयोजक समितिले जनाएको छ ।

मन्दिर व्यवस्थापन समितिले विगत वर्षदेखि नियमित रुपमा उत्तरी विराटनगरलाई समेटेर रथयात्रा निकाल्दै आएको रथयात्रा समारोह समितिका सल्लाहकार सन्तोष आचार्यले जानकारी दिए । हजारौं भक्तजनहरूको सहभागितामा रथयात्रा निकालिएको हो । 

रथयात्रामा विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बासु बस्नेत, स्थानीय समाजसेवी लालमणि भट्टराई, पण्डित रुद्रशरण महाराज लगायतको उपस्थिति रहेको थियो ।

 

View : 6389

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved