विराटनगर । गृह मन्त्रालयले कोशी प्रदेशका पाँच जिल्लासहित ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ ।
मन्त्रालयले आइतबार ३६ जना सहसचिवको सरुवा गर्दा ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
गृह मन्त्रालयले प्रकाशित गरेको सरुवाको सूचीअनुसार कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाका सिडिओ हेरफेर भएका छन् ।
मन्त्रालयले मोरङका सिडिओ ईन्द्रदेव यादवलाई महोत्तरी सरुवा गरेको छ । उनको ठाउँमा युवराज कट्टेल आउने भएका छन् । कट्टेल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट सरुवा भएर मोरङ आउन लागेका हुन् ।
त्यस्तै सुनसरीका सिडिओ धर्मेन्द्रकुमार मिश्रको बारा सरुवा भएको छ । सुनसरीमा बासुदेव घिमिरे आउने भएका छन् ।
त्यसैगरी झापामा शिवराम गेलालको सरुवा भएको छ । गेलाल धनकुटाका सिडिओ हुन् । धनकुटामा रौतहटबाट सरुवा भई विनोद खडका आउँदै छन् ।
झापाका अहिलेका सिडिओ गोपालकुमार अधिकारीको काभ्रेपलाञ्चोक सरुवा भएको छ ।
यसैगरी उदयपुरका सिडिओ प्रेमप्रसाद लुईंटेलको धनुषा सरुवा भएको छ । उनको ठाउँमा बाँकेका धर्मराज जोशीलाई सरुवा गरिएको छ ।
View : 778
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved