सुन्दरहरैंचा । लायन्स क्लब बेलबारीले बेलबारी–३ स्थित श्री आधारभूत विद्यालयलाई एक थान डिजिटल बोर्ड प्रदान गरेको छ ।
मङ्गलबार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष सरोज सुवेदी तथा पूर्व अध्यक्षहरू खेम गौतम, जनक पोखरेल, हेमन्त सुवेदी, केदार प्रसाई, योगेन्द्र सुवेदीलगायतको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक लिलाप्रसाद आचार्यलाई उक्त बोर्ड हस्तान्तरण गरिएको हो ।
डिजिटल प्रविधिको प्रयोगले शिक्षण प्रक्रियालाई सहज तथा प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । लायन्स क्लब बेलबारीले आगामी दिनहरूमा पनि शिक्षाक्षेत्रमा यस्ता सहयोगमूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved