Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

कान्तिपुरमा आईटी एक्सपो

उद्‌घोष संवाददाता
११ फागुन २०८०, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–१० मेनरोडमा रहेको कान्तिपुर कलेजले कम्प्युटर विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आईटी तथा क्यारियर काऊन्सिलिङ कार्यक्रम सुरु गरेको छ ।

तीन दिनसम्म चल्ने कार्यत्रममा कलेजमा अध्ययरत व्यवस्थापन तथा विज्ञान सङ्कायका कम्प्युटर विज्ञान विषय लिएर अध्ययन गर्ने करिव ५ सय भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष रुपमा लाभ लिने कलेजका प्राचार्य भुवन नेपालले बताए ।

एक्स्पोमा विराटनगरका विभिन्न स्कुलमा कक्षा–९ र १० मा अध्ययनरत करिव एक हजार विद्यार्थीहरुले अवलोकन गर्ने प्राचार्य नेपालले जानकारी गराए । 

आईटी एक्स्पोमा विद्यार्थीहरुले सˆटवयेर निर्माण, एआई, इथिकल ह्याकिङ, साइवर सुरक्षा, मल्टिमिडिया, प्रोग्रामिङ विषयमा अवलोकन तथा ज्ञानार्जन गर्ने प्राचार्य नेपालले बताए । 

इनोभेट नेपाल ग्रुपको सहकार्यमा सञ्चालित आईटी एक्स्पोमा कलेजका सञ्चालकहरु तथा आईटी विज्ञहरु इञ्जिनियर जयनाथ यादव,  देवीलाल महतो, शंकर काˆले, मञ्जयकुमार यादव साथै इनोभेट नेपाल ग्रुपका विकेक दाहाल, विराटनगर इन्टरनेशनल कलेजका प्रमुख गोविन्द थापा, आईटी विज्ञहरु भुषण लुइटेल, रोमन बुर्लाकोटी, पवन रेग्मीको उपस्थिति  थियो ।

कान्तिपुर कलेजले दक्ष जनशक्ति निर्माणका लागि चिकित्सा विज्ञान, इन्जिनियरीङ, सूचना र प्रविधि (आईटी), सिम्याट लगायतका तयारी कक्षाहरु गराउँदै आएको छ । 

View : 627

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved