Biratnagar, Morang, Nepal
३ असोज २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

छाडा भैंसीमा चारवटा सवारी साधन ठोक्किएर मलाया रोडमा भयानक दुर्घटना

उद्घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर–१४ स्थित मलाया रोडमा केहीबेर अघि चारवटा सवारी साधन दुर्घटनामा परेका छन् ।

दुर्घटनाको मुख्य कारण सडकमा स्थानीयले छाडा छोडेको भैंसी भएको खुलेको छ ।

मलाया रोडमा सुरुमा एउटा बोलेरोको ठक्करबाट भैंसी मरेको र सडकमा मरेको भैंसीमा ठोक्किएर बा १९ प २६१८ नम्बर कार, को ११ प २९०९ नम्बरको मोटरसाइकलसहित तीनवटा मोटरसाइकल समेत दुर्घटनामा परेको जनाइएको छ । कार चालकको पहिचान खुलेको छैन ।

उनलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

अन्य घाइतेसहित घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

View : 3551

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved