विराटनगर । मारवाडी युवा मञ्च विराटनगरको ११ औं साधारणसभाबाट मोहित लालवानी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन प्रभारी राजेश लखोटियाले अरु कसैको उम्मेदवारी नपरेकाले मोहित लालवानी सर्वसम्मत अध्यक्षमा निर्वाचि भएको घोषणा गरेका थिए ।
लालवानीको प्रस्तावकमा तेरापंथ युवक परिषद्का अध्यक्ष पवन बोथरा र ओसवाल युवा मञ्चका अध्यक्ष मधुर दुगड रहेका थिए । ब्राहम्ण युवा मञ्चका अध्यक्ष राहुल शर्मा र माहेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठीले उनको उम्मेदवारीलाई समर्थन गरेका थिए ।
मञ्चका निवर्तमान अध्यक्ष अंकित मारुको अध्यक्षतामा आयोजित साधारणसभामा महासचिव धीरज शर्माले संस्थाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष हर्ष राठीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
साधारणसभामा मारवाडी सेवा समिति विराटनगरका कार्यवाहक अध्यक्ष जुगलकिशोर राठी, नेपाल राष्ट्रिय मारवाडी परिषद्का केन्द्रीय सदस्य शंकरलाल अग्रवाल, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल, मारवाडी महिला मञ्च विराटनगरकी अध्यक्ष सरिता लालवानी, मारवाडी युवा मञ्च विराटनगरका वरिष्ठ सल्लाहकार राजेश लखोटिया, निवर्तमान अध्यक्ष जय शर्मालगायतको उपस्थिति रहेको थियो ।
साधारणसभामा सहभागीहरूले नवनिर्वाचित अध्यक्ष मोहित लालवानीलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष लालवानीले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
View : 417
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved