विराटनगर । मोरङ जिल्ला भारोत्तोलन संघको अध्यक्षमा चिनाकाजी थापा सर्वसम्मत चयन भएका छन् ।
विराटनगरमा मंगलबार सम्पन्न साधारणसभाबाट थापाको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समितिको उपाध्यक्ष प्रेमबहादुर खड्का, सचिव ध्रुवकुमार प्रधान, कोषाध्यक्षमा प्रमोदकुमार श्रेष्ठ चयन भएका हुन् ।
सदस्यमा दीपेन्द्र थापा, शुभाशिष कोइराला, ज्योतिप्रसाद पौडेल, पर्शुराम निरौला र प्रवित राजवंशी सर्वसम्मत चयन भए ।
नेपाल भारोत्तोलन संघका केन्द्रीय प्रतिनिधि अशोक शाही र मोरङ जिल्ला खेलकुद विकास समितिका सदस्य डिल्लीराम डाँगीको उपस्थितिमा उक्त समिति गठन भएको जनाइएको छ ।
View : 435
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved