Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पाँचथरको सामदिनमा आगलागी, घाइते पूर्व सिपाहीको उपचारका क्रममा मृत्यु

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । पाँचथरको फिदिम नगरपालिका–२ सामदिनमा बुधबार अपरान्ह भएको आगलागीमा परी गम्भीर घाइते भएका एकजनाको उपचारकै क्रममा निधन भएको छ ।

आगलागीमा परेर घाइते भएका राईलाई उपचारका लागि किर्तिपुरस्थित बर्न हस्पिटल पुर्‍याइएका जयप्रकाश राईको मृत्यु भएको हो ।

मृत्यु भएका राई नेपाली सेनाका अवकाश प्राप्त सिपाही हुन् । उनी साम्दिनको घुम्ती बजारका व्यापार व्यवसाय गर्दै आएका थिए । आगलागी उनकै घरमा भएको थियो ।

घरमा अचानक आगो सल्किएपछि पसलको सामान झिक्ने क्रममा उनी जलेका थिए । गम्भीर घाइते भएका राईलाई उपचारका लागि फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल पुर्‍याइएको थियो । 

त्यहाँबाट थप उपचारका लागि झापाको बी एन्ड सी अस्पताल लगिएको र बुधबार दिउँसो नेपाली सेनाको जहाजबाट किर्तिपुरस्थित बर्न अस्पतालमा पुर्‍याइएको थियो ।

उनको उपचारकै क्रममा बिहीबार बिहान १ बजेतिर मृत्यु भएको जनाइएको छ ।

View : 111

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved