Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

रतुवामाईमा वडा स्तरीय भलिबल

उद्घोष सम्वाददाता
१९ असोज २०८१, शनिवार

Advertisement

इटहरा । मोरङको रतुवामाईमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान चाड दश‌ैँको अवसर पारेर साझा समाजले आयोजना गरेको भलिबल प्रतियोगिता शनिबारबाट सुरु भएको हो । 

६ टिम सहभागी रहेको प्रतियोगितामा वडा नम्बर ८ र वडा नम्बर १० फाइनलमा प्रवेश गरेका छन् । 

वडा नम्बर ८ ले पहिलो चरणमा वडा नम्बर ५ र सेमिफाइनलमा वडा नम्बर ९ लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । 

यस्तै वडा नम्बर १० ले पहिलो चरणमा वडा नम्बर ९ को बी टिमलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

सेमिफाइनल चरणमा भने वडा नम्बर १० गोलाप्रथाबाट फाइनल पुगेको हो । 

फाइनल खेल आइतबार ११ बजेबाट हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेता टिमलाई नगद १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संस्थाका अध्यक्ष प्रवेश बिष्टले जानकारी दिए ।

View : 84

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved