Biratnagar, Morang, Nepal
१७ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

पत्रकार महासंघको ६९ औं स्थापना दिवसमा मोरङमा प्रभातफेरि (फोटो)

उद्घोष सम्वाददाता
१६ चैत २०८०, शुक्रवार

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले ६९ औं स्थापना दिवसको अवसरमा प्रभातफेरि निकालेको छ । 

विराटनगर–९ कलेज रोडस्थित महासंघको कार्यालयबाट निस्किएको प्रभातफेरी हिमालय रोड हुँदै महेन्द्र चोक, शनि मन्दिर हुँदै जलजला मोड–ट्राफिक चोक हुँदै पुनः महासंघ पुगेर कोण सभा गरिएको थियो ।

प्रभातफेरिमा प्रेस स्वतन्त्रताको रक्षाका लागि विभिन्न प्रकारका नाराहरू लेखिएका प्लेकार्डहरू बोकेर पत्रकारहरूले सहभागिता जनाएका हुन् ।

प्रभातफेरिमा महासंघ मोरङका पूर्वअध्यक्षहरू यज्ञ शर्मा, महेन्द्र बिष्ट, विक्रम निरौला, बन्धु पोखरेल, महासंघका पदाधिकारीहरू, पत्रकार सम्वद्ध विभिन्न संघ सङ्गठनका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरु, नागरिक समाजका प्रतिनिधिहरुको उपस्थितिमा प्रभातफेरी निकालिएको हो ।

प्रभातफेरिमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की समेतले सहभागिता जनाएका थिए ।

प्रभातफेरिपछि नेपाल पत्रकार महासंघ मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्यको अध्यक्षतामा आयोजित कोणसभामा मेयर कोइरालाले समाजको विकृति विसंगतिका विरुद्धमा पत्रकारहरूले सधैँभरि कमल चलाउनु पर्ने बताए । उनले पत्रकारहरूले लेखेको कुरा सही सत्य हुनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरूले पनि आफ्ना कमीकमजोरीहरूलाई सच्चाएर अघि बढ्न तयार रहेको बताए ।

कोण सभालाई पूर्वअध्यक्षहरू यज्ञ शर्मा र बन्धु पोखरेलले सम्बोधन गरेका थिए ।

View : 310

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved