Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

समृद्ध नेपाल निर्माणका लागि स्थायी सरकार : ज्ञवाली

उद्‌घोष सम्वाददाता
३ फागुन २०८१, शनिवार

राजविराज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश विकास र समृद्ध नेपाल निर्माणसहित मुलुकको अर्थतन्त्र सुधारका लागि स्थायी प्रकृतिको सरकार बनाइएको बताएका छन् । 

प्रेस चौतारी, सप्तरीले शनिवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थायी सरकारकै लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको बताए । यसबाट निजी क्षेत्रलगायत सबै उत्साहित भएको उनको भनाइ थियो ।

“यो सरकार बनेपछि निजी क्षेत्र उत्साहित देखिएको छ । देशमा देखिएका समस्या समाधान र समृद्ध नेपाल निर्माणका लागि यो सरकार अगाडि बढिरहेको छ । अब दुई छिमेकी मुलुकले गरिरहेको विकासबाट कसरी लभान्वित हुने र आन्तरिक स्रोतको अधिकतम प्रयोगका सवालमा समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ”, ज्ञवालीले भने ।

उनले मुलुकले विकास र समृद्धकै लागि सरकारले अध्यादेश ल्याएकाले ती दुवै सदनबाट पारित हुने विश्वास व्यक्त गरे । सरकारसँग पर्याप्त विकल्प रहेकाले कसैले विरोध गर्दैमा अध्यादेशमा समस्या नहुने उपमहासचिव ज्ञवालीको जिकिर थियो ।

View : 233

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved