विराटनर । मारिया किड्स मन्टेश्वरी स्कुलले आफ्नो ९ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालयले सिकाउँदै आएको नृत्य, गायन, योगा, नाटक, र्यामवक जस्ता गतिविधि विद्यार्थीहरूले अभिभावकसमक्ष प्रदर्शन गर्दै वार्षिकोत्सव मनाएको हो ।
बालबालिकाको चाैतर्फी विकासका लागि विद्यालयले निर्वाह गर्नुपर्ने कुनै कसुर बाँकी नराख्ने र अभिभावक, विद्यालय प्रशासन र शिक्षकसमेत एक जुट भएर त्यस्ता पक्षका लागि अग्रसर हुनुपर्ने विद्यालयका प्रिन्सिपल मनीष पोखरेलले बताए ।
विद्यार्थीको चौतर्फी विकासका निम्ति कडा मेहनतका साथ खटिएका शिक्षक र कर्मचारीहरूको कार्यगत मुल्यांकन गरी शिक्षक तथा कर्मचारीलाई नगदसहित कार्यक्रममा सम्मानसमेत गरेको प्रिन्सिपल पोखरेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षासेवी गुणराज ढुङ्गेलले आफू वि.सं. २०२० सालदेखि शिक्षण क्षेत्रमा आवद्ध रहेको र साना बालबालिकाको दमदार कार्यक्रम बिरलै देखेको बताए ।
स्कुल व्यवस्थापन समितिका अध्यक्ष मदन खतिवडाको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रम स्कुलकी कोअर्डिनेटर प्रियंका दाहाल र प्रबन्ध निर्देशक नवजीत प्रधानले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved