Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

नारी सृजित सहकारीको अध्यक्षमा सीता

उद्घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

विराटनगर । नारी सृजित बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले सीता शर्माको अध्यक्षतामा चार वर्षका लागि १३ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । शर्मा यसअघि पनि संस्थाको अध्यक्ष थिइन् । त्यस्तै लक्ष्मी खतिवडाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिको पनि गठन भएको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा नारायणी जोशी, सचिव सरिता खनाल, कोषाध्यक्ष जोत्सना दाहाल चयन भएका छन् । 

सदस्यहरूमा ईश्वरी खनाल, भारती पौडेल, कल्पना रेग्मी, सरस्वती नेपाल, लिना धिताल, पुनम शर्मा, शारदा कुमारी, सीमा धिताल, पवित्रा पोखरेल चयन भएका छन् । 

यसैगरी लेखा सुपरीवेक्षण समितिमा मेनुका सुवेदी र सुभना दाहाल सदस्य चयन भएका छन् ।

View : 73

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved