Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

बाँसको जराबाट  उपहारजन्य सामग्री बनाउने तालिम सुरु

उद्‌घोष संवाददाता
९ असार २०८२, सोमवार

Advertisement

विराटनगर । विराटनगर–१० स्थित अक्वा पार्कमा बाँसको जराबाट उपहारजन्य हस्तकलाको सामग्री बनाउने तालिम आइतबारदेखि सुरु गरिएको छ । बंगलामुखी हस्तकला केन्द्र भद्रपुरको आयोजनामा भएको तालिममा सहभागीहरुलाई सञ्जय श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले उद्घाटन गरेको सो तालिम १२ दिन (असार १९ गते) सम्म हुने केन्द्रका अध्यक्ष दिनेशभक्त श्रेष्ठले बताए । 

तालिममा निवश श्रेष्ठ, निलोफर पाण्डे, आफ्रिन पाण्डे, पुजन जोगी, दीपेन्द्रबहादुर राजलबट, भक्तबहादुर दर्जी, अञ्जु अधिकारी, अर्पण पाण्डे, सुनिता छाराहाङ, सुदीप राई, विकल कुलुङ, जतन राजवंशी, निरज सुवाल, सुनिल मुर्मू, मनोज श्रेष्ठ, प्रदीकुमार सरदार र तुलसी श्रेष्ठ सहभागी छन् । 

View : 661

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved