विराटनगर । नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको प्रथम अधिवेशनले अध्यक्षमा जतिन ताम्रकारलाई चयन गरेको छ । शनिबार विराटनगरमा सम्पन्न महासंघको महानगर प्रथम अधिवेशनबाट ताम्रकारको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको जनाइएको छ ।
दुई उपाध्यक्षमा उमेश कटुवाल र दिपा बस्नेत, सचिवमा विशाल बानियाँ, दुई सहसचिवमा अर्चना ढुंगेल र सुनिल मगर एवं कोषाध्यक्षमा चाँदनी मिश्र चयन भएका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय अध्यक्ष एवं कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले नेपाली खेलकुदलाई राष्ट्रको विकाससँग जोड्दै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । उनले खेलका माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्न महासंघले बार्षिक रुपका कार्यक्रम बनाएर अघि बढ्नुपर्ने बताए ।
अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापा लगायतले शुभकामना दिएका थिए । महासंघले चाँडै नै कोशी प्रदेशका १४ जिल्लाहरुको जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरिरहेको जनाइएको छ ।
View : 352
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved