Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

महासंघका नवनिर्वाचित टोलीलाई प्रजिअले गरे स्वागत

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतसहित महासंघका पदाधिकारी र सदस्यहरूलाई मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले स्वागत गरेका छन् । 

प्रजिअ कटेलले आफ्नै कार्यकक्षमा महासंघको नवनिर्वाचित टोलीलाई खादा मालासहित स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिंदै बधाई ज्ञापन गरेका हुन् ।

प्रजिअ कटेलले आर्थिक विकासमा महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिन अझ सक्रिय रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

महासंघका अध्यक्ष राउतले जिल्लामा शान्ति सुरक्षाको व्यवस्था राम्रो भएको, व्यवसायीले अनावश्यक दुःख झेल्नु नपरेको बताए । 

उनले खुला सिमानाका कारण हुने अवैध व्यापार, एमआरपी लगायतका समसामयिक विषयमा राय सुझाव दिएका थिए । 

कार्यक्रममा मोरङ जिल्लाका प्रहरी उपरीक्षक कवित कटवाल, जिल्लाका सुरक्षाका प्रमुखहरू, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिका सदस्य, मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, सीएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल, नेपाल चेम्बर कमर्स मोरङका अध्यक्ष शिव रिजाल लगायतको उपस्थिति थियो ।

View : 247

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved