Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पुस्तकालयलाई कुर्सी र नगद सहयोग

उद्‌घोष संवाददाता
७ साउन २०८२, बुधवार

विराटनगर  ।    झापा घर भई काठमाडौंमा व्यापार गर्दै आएका सुरेशराज राजवंशीले विराटनगर–१२ को विराट राजवंशी सांस्कृतिक पुस्तकालयलाई २१ थान कुर्सी र १५ हजार नगद प्रदान गरेका छन् । गत माघमा देहवसान भएकी उनकी श्रीमती चेतना राजवंशीको स्मृतिमा राजवंशीले पुस्तकालयमा नै पुगेर सो सहयोग गरेका हुन् । 

सो अवसरमा उनले विराट राजवंशी चलचित्रकर्मी समाद समितिलाई पनि नगद रकम प्रदान गरेका थिए । कार्यक्रममा पुस्तकालयका अध्यक्ष कुशेश्वर राजवंशी, विराट राजवंशी चलचित्रकर्मी समाद समितिका अध्यक्ष दीपनारायण राजवंशी लगायतको उपस्थिति थियो । 

View : 1773

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved