Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

हिसान क्रिकेटमा शिक्षादिप  र कान्तिपुर सेमिफाइनलमा

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेज रेडस्टार कलेजलाई १५ रनले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 

टस जितेर ब्याटिङको गरेको शिक्षादिपले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १७ रनकोे योगफल तयार पारेको थियो । 

जवाफमा १ सय १७ रनको लक्ष्य पाएको रेडस्टारले १९ दशमलव ५ बलमा सबै विकेट गुमाई १ सय २ रन मात्र जोड्न सक्यो । 

दोस्रो खेलमा कान्तिपुर कलेजले कोवास कलेजलाई ९३ रनको फराकिलो अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 

टस जितेर ब्याटिङे गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ९२ रनको विशाल योगफल तयार पारेको थियो । 

जवाफमा १ सय ९३ रनको लक्ष्य पाएको कोवासले  १५ दशमलव ५ बलमा सबै विकेट  ९९ रनमा सिमित भयो । 

यसैगरी हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी भएका छन् ।

पहिलो खेलमा रेडस्स्टार कलेज कोशी मोडेल कलेजलाई २–० को गोल अन्तरले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

दोस्रो खेलमा कान्तिपुर बुद्ध कलेजलाई ३–१ को गोल अन्तरले पारजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा अर्किड कलेज होली चायल्ड कलेजलाई १–० को गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

भलिबलमा छात्रतर्फ रेडस्टार कलेज, कान्तिपुर कलेज र विकेभिएम कलेज तथा छात्रातर्फ रेडस्टार कलेज र राष्ट्र निमार्ण कलेज विजयी भएका छन् ।

छात्रतर्फ पहिलो खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले पराजित गरेको छ । 

तेस्रो दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१८ को सोझो सेटलले पराजित गरेको छ । खेलमा विकेभिएम कलेजले ग्रिनल्याण्ड कलेजलाई २५–१३ र २५–१० को सोझो सेटलले पराजित गरेको छ । 

छात्रातर्फ पहिलो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई २५–१४ र २५–१२ को सोझो सेटलले पराजित गरेको छ ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved