Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

तेरापन्थ युवक परिषदको सपथ ग्रहण

उद्‌घोष संवाददाता
८ असार २०८२, आइतवार

विराटनगर । तेरापन्थ युवक परिषद (तेयुप) विराटनगरका अध्यक्ष अरिहन्त बैद नेतृत्वको नया“ समितिले एक समारोहबीच सपथग्रहण गरी कार्य प्रारम्भ गरेको छ ।

आचार्य महाश्रमणकी सुशिष्या समणी निर्देशिका विपुल प्रज्ञा र समणी आदर्श प्रज्ञाको उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा अखिल भारतीय तेरापन्थ युवक परिषद्का महामन्त्री अमित नाहटा, अखिल भारतीय तेरापन्थ महिला मण्डलकी अध्यक्ष श्रीमती सरिता डा“गा, अखिल भारतीय  तेयुपका कार्यकारिणी सदस्य तथा तेयुप विराटनगरका प्रभारी वीरेन्द्र सञ्चेतीले पनि नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए ।

सो अवसरमा तेयुप विराटनगरका निवर्तमान अध्यक्ष पवन बोथरा, तेरापन्थ सभा विराटनगरका अध्यक्ष सतीश  दुगडले पनि नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गर्दै समाजको एकता, संस्कार र सेवा भावलाई अझ सशक्त बनाउने आग्रह गरे ।  

कार्यक्रम तेयुप विराटनगरका महासचिव समित सुराणाको समन्वयमा भएको थियो ।

View : 374

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved