Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नेपाल आर्मीलाई महिला हक्की उपाधि

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

Advertisement

विराटनगर । गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ ।

गिरिजाप्रसाद कोइराला स्पोट्र्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोस्रो र मधेश प्रदेश तेस्रो भएका छन् ।

आर्मीकी सविना केसी उत्कृष्ट खेलाडी घोषित भइन् । मधेश प्रदेशकी लक्ष्मीनिया दास उदीयमान खेलाडी चुनिएको आयोजकले जनाएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार प्राप्त गरे । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल, हक्की संघका सचिव असिम शर्मा तथा लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेश अध्यक्ष अभिषेक श्रेष्ठ, अध्यक्ष फाउन्डेसनका अध्यक्ष रञ्जन थापाले पुरस्कार वितरण गरेका थिए ।

View : 181

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved