Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशको बजेट आज

लक्ष्य अनुसार राजश्व नउठेपछि ३५ अर्ब वरिपरीको बजेट ल्याउने तयारी

उद्घोष सम्वाददाता
१ असार २०८१, शनिवार

विराटनगर । चालु आवमा लक्ष्य अनुसार राजश्व नउठेपछि कोशी प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१÷८२ को बजेट ३५ अर्बको वरिपरीमा ल्याउने भएको छ । आज असार १ गते कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगरले कोशी प्रदेश सभामा बजेट पढ्दैछन् । 

राजश्वको लक्ष्यमा उल्लेख सुधार नभएका कारण कोशी प्रदेश योजना आयोगले प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाख रुपैयाँको बजेट सिलिङ तोकेर बजेट निर्माण गर्न सुझाव दिएको थियो । 

चालु आवमा ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएकोमा आर्थिक बर्षको अन्त्यसम्ममा ४ अर्ब मात्रै राजश्व उठेकोले बजेटको सीमा समेत खुच्चिएको जनाइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रीको समेत हैसियतमा तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

आन्तरिक आय बढ्न नसकेका कारण चालु आवकै आधारमा आगामी आवको पनि बजेट निर्माण गरिएको जनाइएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने बताइसकेका छन् । उनले बजेटमार्फत कोशी प्रदेशमा कृषि र पर्यटनलाई विशेष रुपमा सम्बोधन गरिने बताएका छन् । मुख्यमन्त्री कार्कीले उत्पादन प्रवद्र्धनका लागि मध्यपहाडी जिल्लाहरुको बसाई सराई रोक्नका लागि त्यस क्षेत्रको विकासमा सरकारले बजेट मार्फत ध्यान दिने बताए ।

View : 174

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved